भारतका शासकहरूको दुई किसिमको चरित्र देखिन्छ । आफूभन्दा शक्तिशाली देशसित ज्यु हजुरी गर्ने र आफूभन्दा साना र कमजोर देशमाथि चौतर्फी हमला गरेर तिनीहरूको अस्तित्व नै नामेट पार्ने दुस्साहस गर्ने । हिजो रुस शक्तिशाली मुलुक थियो । भारतका शासकहरूले रुससित २० बर्षे सन्धि गरे । आज अमेरिका शक्तिशाली देश छ ( उसरी अमेरिका हिजो पनि शक्तिशाली देश थियो) भारतले अमेरिकासित दोस्ती गरेको छ । भनौं हिजो भारतीय शासकहरूले रुसको ज्यु हजुरी गर्दथे भने आज उनीहरू अमेरिकाको ज्यु हजुरी गर्दछन् । नेपाल भूटान बंगलादेश श्रीलंका आदि जस्ता साना छिमेकी देशलाई उनीहरू जति सक्दो दबाउन खोज्दछन् । आफ्नो मुठीमा लिन खोज्दछन् । हिजो आफ्नो छिमेकी मुलुक रहेको सिक्किमलाई भारतले दिन दहाडै नाटकीय रुपमा भारतमा गाभ्यो । यसको विरोध भारतका न्यायप्रिय जनताले गरे । पार्टीले गरे । भारतका विस्तारवादी शासकरूले भुटानलाई यतिबेला आफ्नो मुठीको माखो बनाउन खोजिरहेकै छन् ।
नेपाललाई पनि भुटान बनाउँदै सिक्किम बनाउन चाहन्छन् । नेपाललाई भुटान हुँदै सिक्किम बनाउन भारतका विस्तारवादी शासकहरूले अनेक नीति अवलम्बन गरिरहेका छन् । ती नीतिमध्ये एक नीति हो नेपालमा जति सक्दो धेरै भारतीयहरूलाई नेपाली नागरिक बनाउने ।
यसको लागि नेपालको बर्तमान नागरिकता नीति बरदान साबित भएको छ । यद्पी भारतीय शासकहरू नेपालको नागरिकता नीतिलाई अझ सरल बनाउन चाहन्छन् जसले गर्दा भारततिरबाट नेपाल दर्शनको लागि प्रवेश गरेको भारतीय पर्यटक वा तीर्थयात्री दुई चार दिन नेपाल घुमेर भारततिर फर्किदां नेपालको नागरिक भएर फर्कोस् । नेपाली नागरिकता पकेटमा बोकेर फर्कोस् । नेपाल सरकारले यतिबेला नागरिकता अत्यन्त सस्तो बनाएको छ । नेपालमा नागरिकता पोस्कर सरह बिक्री हुन्छ र सजिलै प्राप्त गर्न सकिन्छ । नेपालका बरु नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्न गाह्रो होला तर भारतीय नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्न कुनै गाह्रो छैन । भनिन्छ नौतुनवा वा सुनौलीका कैयौं व्यापारीहरूले नेपाली ग्राहकलाई खल्तीबाट नेपाली नागरिकता निकालेर देखाउँदै भन्छन् रे म पनि नेपालको नागरिक हुँ ।
नेपाली नागरिकता निकालेको छु । कुनै बेला काम लागिहाल्छ । भारतकै एकजना सांसदले भनेका थिए नेपालका सीमावर्ती जिल्लामा पचीस हजार भारतीय नागरिकसित नेपाली नागरिकता छ । आश्चर्यको कुरा त यो छ यी भारतीय नागरिकले कसरी नेपाली नागरिकता प्राप्त गर्न सक्दछन् । जब कि नेपालमा कति नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्नु फलामको चिउरा चपाउनु जत्तिकै कठिन भएको छ । लाग्दछ नेपाल सरकारले हिजो मित्र राष्ट्र रुस र चीनले नेपालको विकासको लागि खोलिदिएका उद्योग धन्दा बन्द गराएर नेपाली नागरिकताको.उद्योग स्थापना गरेको छ । हुन सक्दछ नागरिकता उद्योग क्षेत्रमा नेपालले. संसारमा शीर्ष स्थान प्राप्त गरेको छ ।
यो कुृरा पक्कै हो पंचायतको पालामा नेपाली नागरिकता सजिलै प्राप्त गर्न सक्ने कुरो थिएन । निकै ठूलो कसरत गर्नु पर्दथ्यो नेपाली नागरिकता प्राप्त गर्न । तर बहुदलकालमा नागकिरता धेरै सहज बनाइयो । यति सहज कि कुनै भारतीय नागरिकले पनि सजिलै नेपाली नागरिकता लिन सक्ने भयो । ०६२–०६३ को दोस्रो जनआन्दोलन पछि त बाटा हिंड्ने बटुवाले पनि हिंड्दा हिंड्दै नागरिकता प्राप्त गर्न सक्ने अवस्था भयो । भनिन्छ त्यतिबेला ४० लाख भारतीयहरूले पनि सजिलै नेपाली नागरिकता प्राप्त गरे । यस बिषयमा छानबीन हुृन पर्ने । सरकारलाई यस कुराप्रति कुनै दरकार नै छैन । नागरिकताको सवालमा सरकार संवेदनशील नहुनु निकै ठूलो गंभीर कुरा हो । सरकारलाई कुर्सी भए पुग्छ । विदेशीले नागरिकता लिउन कि स्वेदेशीले सरकारलाई के मतलव ।
निश्चित रुपमा बास्तविक नेपाली नागरिकले नागरिकता पाउनृु पर्दछ । त्यो उसको जन्मसिद्ध अधिकार हो । तर कुृनै पनि विदेशीले अनियन्त्रित तरिकाले नेपाली नागरिकता लिन र सम्बन्धित निकायले जथाभावी नागरिकता बाँड्न थाल्यो भने भोलि त्यसले बिकराल रुप लिन सक्दछ । नेपालमा नै नेपाली नागरिक अल्पमतमा पर्न सक्दछ । कुृरा फिजीको जस्तो हुृन सक्दछ । बास्तवमा नागरिकताको सवालमा भारत सरकार जति चंख मात्र होइन धुर्त छ त्यस्तो नेपाल सरकार छैन । नागरिकताको सवालमा भारत सरकार काग जस्तै चलाक छ । नेपाल सरकार लाटो कोसेरो जस्तै लाटो । अझ गैर जिम्वेवार ।
नागरिकता नीति कुनै पनि मुलुकको रुचि र आवश्यकता अनुसार लिइने नीति हो । कुनै देशमा जनसंख्या पातलो हुन सक्दछ । यस्ता मुलुकले आफ्नो जनसंख्या बढाउन पनि बाहिरी मुलुकबाट आमन्त्रित गरेर आाफ्नो मुलुकमा नागरिकता प्रदान गर्न सक्दछ । तर जुन मुलुकमा जनसंख्याको चाप छ र जुृन मुलुक तुलनात्मक रुपले सानाो छ उसले विदेशी नागरिकतलाई आफ्नो मुलुकमा भित्राउने मामिलामा हजार चोटि सोंच्न पर्दछ । विचार गर्न पर्दछ ।
नेपाल विश्वमा सबभन्दा बाक्लो जनसंख्या भएका मुलुक चीन र भारतको बीचमा अवस्थित छ । दुृबै मृुलुकका नागरिकहरू नेपालमा प्रवेश गरेर नेपाली नागरिक भएर पनि बस्न सक्दछन् । तर चीनबाटभन्दा पनि भारतबाट बढी भारतीय नागरिक नेपाल प्रवेश गर्न किन पनि सक्दछन् भने दुबै देशबीचको सीमा खृुला छ । भारत र नेपालबीच सीमा खुला हुनु राम्रो त देखिन्छ । यताका मान्छे उता बेरोकटोक प्रवेश गर्न सक्दछन्। त्यसरी नै उतका मान्छे यता बेरोक टोक प्रवेश गर्न सक्दछन्।उनीहरूलाई अस्ट्रेलिया वा अमेरिका प्रवेश गर्नुपर्दा जस्तै एक दुई दर्जन कागजपत्र जम्मा गर्न पर्दैन । तर समस्या के छ भने भारतको कुनै नागरिक नेपाल आएर बिना नागरिकता चालिसौं बर्ष नेपालमा बसे पनि कसैलाई थाहा हुँदैन ।कुनै भारतीय नागरिक हिजो भारतबाट नेपाल आएर आज गलत तरिकाले नेपाली नागरिकता प्राप्त गर्यो भने पनि कसैलाई थाहा हुँदैन । थाहा हुन सक्ने कुरा पनि होइन ।
यसैले पनि नेपाल र भारतबीचको सीमा खुला रहनु नेपालको लागि दुर्भाग्य यस कारण पनि हुन सक्दछ कि नेपालका तीन करोड जति नेपाली नागरिक भारतमा प्रवेश गरे पनि त्यहाँ चामलमा धानका बियाँ जस्ता देखिन्छन् । कता हराउँछन् कता । तर भारतबाट एक प्रतिशत भारतीय नागरिक नेपाल प्रवेश गरेर नेपाली नागरिकता प्राप्त गरे भने उनीहरू नेपालमा धानका बियाँमा चामल जस्ता देखिन्छन् । नेपाललाई नेपालकै स्वाभाविक जनसंंख्या बृद्धिको कुर्नै डर छैन । तर आयातित जनसंख्या बृद्धिको भयंकर खतरा छ । यस खतराबाट बच्न सीमा क्षेत्रमा तारबार लगाउन नसके पनि आवात जावतलाई नियमित गर्न आवश्यक हुन्छ । यसले दुबै देशको सम्बन्धलाई सुमधुर पार्न सक्दछ । भनिएकै छ छिमेकीसित राम्रो सम्बन्ध बनाउन छ भने तार बार वा पर्खाल लगाऊ ।
भारत सरकार नागरिकताको सवाललाई निकै महत्व दिन्छ र नागरिकतालाई राजनीतिको ठूलो हतियार समेत बनाएको छ । भारत सरकारको नीति हो कहाँ कस्ता नागरिक खालि गर्ने कहाँ कस्ता नागरिक भर्ने । भारत सरकारले सिक्किम निल्नलाई दार्जीलिङका नेपाली समेतलाई सिक्किममा भोट हाल्न उत्प्रेरित गर्यो । भारतले सिक्किम लिल्नलाई नेपाली नागरिक अर्थात भारतीय नेपाली नागरिकलाई प्रयोग गर्यो । भूटानमा ६० प्रतिशतभन्दा बढी नेपाली थिए । भुटानी नेपाली । भारतले भुटानी नेपालीलाई नेपाल भित्राउन पानी टंकीको बाटो खोलिदियो र नेपाल हुलिदियो । तर तिनै भुटानी नेपाली आफुृ नेपाल प्रवेश गरेको बाटो हँदै आफ्नो मातृभूमि भुटान छिर्न खोजे उसले उनीहरूलाई मेची पुलमा नै रोक्यो । गोली चलाएर भारतको बाटो हुृँदै भुटान जान चाहने भुटानी नागरिकको हत्या समेत गर्यो ।
यस कारण कि भारत सरकार भुटानका नेपालीलाई भुृटानबाट निकाली भुटानलाई आफेनो प्रभाव क्षेत्रमा विकास गर्न चाहन्थ्यो । मेघालयलाई नेपालीलाई लखेट्दा भारत सरकार बोलेन । मेघालयका नेपालीहरू विस्थापनलाई मौन स्वीकृति दियो । भारत नेपाललाई सिक्किम वा फिजी बनाउन जति सक्दो भारतीय नागरिकलाई नेपाल प्रवेश गराएर उनीहरूलाई नागरिकताको हिसाबले नेपाली र सेवाको दृष्टिकोणले भारतीय बनाउन चाहन्छ । नेपाल सरकारले खास गरी केही मधेसवादी नेताको दबाबले नेपाली नागरिकता नीति जति सरल बनाउँदै लैजान्छ त्यसको प्रत्यक्ष फाइदा भारतले लिन्छ । हाम्रा नेपाली युवाहरू धमाधम विदेशतिर ओइरहने र भारतीय नागरिक धमाधम नेपालतिर ओइरिरहने हो.भने नेपालमा नेपालीहरू नै अल्पसंख्यामा परिणत हुृन कुनै आइतबार लाग्ने. छैन । यतिबेला नेपाल सरकारको नीति पनि नेपाली नागरिकलाई जति सक्दो विदेशिितर नेै धपाउने र भारतीय नागरिकलाई जति सक्दो नेपाल भित्राएर नेपाली नागरिकता प्रदान गरी भारत र केही मधेसी नेतालाई खुशी पार्ने हृन गएकोछ । यतिबेला शाक्तिमा पुगेका दल र तिनका शीर्षस्थ नेताहरू हिजो कठोर कठिन तपस्या गरेर विभिन्न बर माग्ने ऋषि मुनि जस्तै भारतले जे चाहन्छ त्यही कृुरामा ल्याप्चे. लगाइदिएर उसबाट कृुर्सी प्राप्तिको आशीर्वाद माग्ने बाहेक अरु केही हुृन सकेको छैन । नेपालमा यस्ता नेता पनि जन्मेका छन् जो कुर्सीसित देश साट्न पनि कत्ति हिच्किचाउँदैनन् ।
भारतसित खुला सीमा भएको देश नेपालले नागरिकता सम्बन्धी नीतिमा गंभीर नहुने हो भने यस मुलुकको अस्तित्वमा समेत प्रश्न चिन्ह लाग्न सक्दछ । यसैले सम्बन्धित निकाय बेलामा नै सचेत हुन जरुरी छ । पछि न्याउरी पछुतो गर्नु भन्दा पहिले नै सोंच्नु राम्रो । हिन्दीमा एउटा प्रचलित उखान छ –पाछे पछतायते का हो त हय जब चीडिया चुग गई खेत ।