पुँजीवादका विरुद्ध समाजवाद नै किन ?

पुँजीवादका विरुद्ध समाजवाद नै किन ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ साउन २०७४
  • 10.1K
    Shares

संसारमै पहिलो पटक तेस्रो युगमा भारतवर्षका राजा भरतद्धारा प्रजातन्त्रको सुरूवात भएको थियो । तेस्रो युगमै राजनीतिले कदम पाएको थियो । पृथ्वीको जन्म भए पश्चात सल्तनत र शाही शासन भएको विश्वमा विभिन्न राज्य तथा शासकहरूको स्वरूपमा चलेको थियो ।

विश्व विभिन्न खण्ड एंव चक्रमा विभाजित थियो । त्यो बीचमा सांस्कृतिक एवं धार्मिक शासकदेखि तानाशाही शासकहरूको मात्र शासन रहेको पाइन्छ । साना तथा कमजोर राज्यलार्इ अतिक्रम गरेर या लडेर जित्ने परम्परा थियो । त्यो बीचमा कही कतै सामन्तवादी, दासत्ववादी र शाही व्यवस्थाको विरूद्ध जन्मेकाआवाजहरूको मुल्यांकन गरिएन ।

 

शोषित र पीडित जनमासहरूको अस्तित्व गुम्ने क्रममा थियो तर कोही कसैको क्षमता ती सामन्ती वर्गहरूसँग गर्न सक्ने थिएन । र त्यसैको फलस्वरूप विश्व शक्तिशाली सामन्ती शाही शासकहरूको दास एवं उपनिवेशको टुक्रामा विभाजित भयो । विश्व अहिलेको युरोपेली मुलुकका शक्तिशाली साम्राज्यहरू अटोमन साम्राज्य (Ottoman Empire), रोमन साम्राज्य (Roman Empire) , विट्रिस सामाज्य (British Empire)  देखि मध्यमस्तरका मुगल साम्राज्य (Mughal Empire) , मंगोलियन साम्राज्य (Mongolian Empire), जापानी साम्राज्य (Japanese Empire) को उपनिवेशको रूपमा परिमार्जित भयो । त्यसको नतिजा तीनदेखी चार शताब्दी ती साम्राज्यहरूबाट मुक्तिका लागि विश्वले आफ्नो समय बर्बाद गर्यो र त्यही दासत्व र साम्राज्यवादी व्यवस्थाका कारण विश्वले नदेखेको विनाश र नखपेको दुख विश्वयुद्धहरूमा खेप्नुपर्यो। युगमा साम्राज्यवादी व्यवस्थाको इतिहास धेरै लामो छ, र त्यही इतिहासमा कहिल्यै पनि जनतन्त्र र जनजीविकाका शव्दहरू भेटिएको पाइदैन ।

संघर्ष र क्रान्ति पनि इतिहासमै लुकेको छ र त्यही इतिहासमा भ्रमित र संकल्प गर्न नसक्ने शासन व्यवस्था लुकेको छ । त्यही दासत्व र शाही सामन्ती व्यवस्थाको परिमार्जित रूप १८ औं शताब्दीमा पुँजीवादको रूपमा विकसित भयो र गएको सबै दशक एंव शताब्दी या आउदो केही शताब्दीमा त्यस पुँजीवादकै व्यवस्था संसारभर लागु हुने देखिन्छ । जनचाहना, भुराजनैतिक चाहना, व्यवस्था प्रकृति अनुसार पुँजीवादी व्यवस्थाको विकल्पविहिन संसार अघि बढेको देखिन्छ । नेतृत्वहरूको जनप्रतिको बुझार्इ यसको प्रमुख जिम्मेवार हो ।

फलस्वरूप मार्क्स सिद्धान्तको प्रयोगात्मक भ्लादिमिर लेनिनले सुरूमा रसियामा रूसि क्रान्तिबाट लागु गर्नुभयो । कडा प्ररिश्रम, दुःख र धैर्यताका वाबजुत अक्टोवर क्रान्तिबाट साम्यवादी एवं समाजवादीहरूले क्रान्ति श्रमजीवी मजदुर वर्गहरूका लागि गर्ने रहेछन् भन्ने प्रभाव संसारमा पर्यो । त्यसपश्चात सोभियत संघको गठन, साम्यवादी एंव समाजवादी व्यवस्था प्रयोग अनुरूप विकासको रप्तारले पनि विश्व समुदायको ध्यान खिच्यो । अहिले विश्वमा चर्चित पञ्चवर्षिय योजनाहरू, श्रमदान सँगै अनुदानको व्यवस्था लगायतका बहुआयामिक व्यवस्थाले सोभियत संघ संसारकै नमुनाको रूपमा देखा पर्यो र जनतन्त्र, जनवादी व्यवस्था, समाजवादको विकास लागु गर्नु पनि उपलव्धि थियो । पछि चिनियाँ क्रान्ति र भियतनाम क्रान्तिहरूले विश्वजगतमा आफ्नो हैसियत जमाउन सफल भएको पाइयो । त्यस पश्चात साम्यवादीहरू संसारमै कम भएको अवस्था अनुसार संसारमै बहुसंख्यकमा रहेको पुजिँवादी, साम्रान्य एंव सामन्त या अर्ध साम्रान्य व्यवस्था लागु भएका राष्ट्रहरूले साम्यवादी एंव समाजवादी व्यवस्था पूर्ण रूपमा फेल गराउने कोसिस अनुसार अन्तत सोभियत संघको विगठन र चिनियाँ साम्यवादीहरूमा देखा परेको महत्वकाङ्क्षी विचलन र विश्वमै रहेका साम्यवादीहरू पुजिँवादीहरूमा पतन जस्ता घटना अहिलेका तथ्य हुन ।आजभन्दा करिब शताब्दी अगाडिदेखि विश्वमा देखिएका क्रान्तिहरूको लक्षण, बिधि र उदेश्यहरूले संसार परिवर्तनमा केही भुमिका खेलेको भयता पनि अग्रजरूपमा संसारनै परिवर्तनको बाटो देखाउन सकेर्इ संकटमा पारेकै हो । आदर्श एंव दर्शन को रूपमा विश्व राजनैतिक तथा वैज्ञानिक विचारका कारक कार्ल मार्क्स शद्ब्दी (१००० वर्ष) कै महान विचारकका रूपमा देखा पर्नु पनि विश्व समुदायहरूको चासोको विषय बन्न पुग्यो । त्यही विचारको मार्गमा विश्वका विभिन्न देशहरूमा क्रान्तिहरू सम्पन्न भएकै हुन  र त्यही विचारले नै “क्रान्ति गरे आम नागरिकहरूलार्इ आफ्नो अधिकार प्राप्त गर्न सकिन्छ” भन्ने ज्ञान भयो ।

एउटा शासक वर्ग (फ्रान्स कार्टिनास्) को लागि प्रथम विश्वयुद्ध भयो र सो विश्वयुद्ध को नतिजाले करोडौंको ज्यान र अरोबौंको धनको क्षति भयो साथै विश्वको भुराजनैति नै परिमार्जित गर्यो । र त्यसैको फलस्वरूप दोस्रो विश्वयुद्ध भयो जसको नतिजा साम्राज्यवादी व्यवस्थाको सट्टा पुँजीवादी एवं अर्ध साम्राज्यवादी व्यवस्था संसारमा लागु भयो ।

हामीले संसारका धेरै प्रकारका संर्घष एवं क्रान्तिको सामना गरिसकेका छौं । आज विश्व नयाँ भुराजनीतिमा फसेको छ । पुँजीवादी देशहरूको गुलाम एवं दासको शिकार बनेको विश्व अहिले तिनै राष्ट्रहरूले प्रभुत्व जमाउन सफल भएको छन् । अमेरिका तथा विट्रिस जस्ता पुँजीवादी राष्ट्रको उदय हुनु र साम्यवादी राष्ट्रहरू गोपिनियताको नाममा आफ्नै महत्वकाङ्क्षीमै विलय हुनुले पनि विश्व नयाँ श्रृङ्खलामा उल्झिएको छ । आज साम्राज्यवादी व्यवस्था छैन भन्ने अन्धविश्वासले पनि हामीलार्इ भ्रममा पारेको छ । किनकी ९० औं दशक पछि आज विश्व विज्ञान तथा प्रविधिको प्रतिस्पर्दामा छ र राजनैतिक एंव आर्थिक रूपमा सम्पन्न राष्ट्रहरूले विश्वभर आफ्नो हैकमत्व जमाएका छन । मुस्लिम देशरूमा अमेरिकाको हस्तक्षेप र कम्यूनिष्ट राष्ट्रहरू प्रति पुजिँवादी राष्ट्रहरूको आन्तरिक हस्तक्षेप र पुजिँवादी राष्ट्रहरूले पनि समाजवादीको अर्ध सिद्धान्त अगाल्नुले पनि एक हद सम्म पुँजीवादी राष्ट्रहरूको बाहुल्यता रहेको पाइन्छ ।

साम्यवादी सिद्धान्त अगालेका राष्ट्र एंव पार्टीहरूले समाजवादी एंव साम्यवादी व्यवस्थालाइ प्रयोगात्मक रूपमा लागु गर्न नसक्नु या यो व्यवस्था नै के हो भनेर पूर्ण रूपमा ज्ञान नहुनले पनि साम्यवादी शक्तिहरू अहिले सम्म अरूको सिद्धान्तमा विलय भएका छन । साम्यवादी व्यवस्था लागु भएका केही राष्ट्रहरूमा व्यवस्था प्ररिक्षणकालमै फेल भएको घटनाले पनि साम्यवादी व्यवस्था प्रति जनबुझाइ उल्टो हुन पुगेको हो ।

२००७ भन्दा अगाडिको प्रसङ्गमा प्रराम्परा कालदेखी नेपालमा विभिन्न घटनाहरू भएको पाइन्छ । तर नेपाली राजनीति या नेपाली जनताहरूका लागि कुनै पनि परिवर्तनका घटना हरू भएको पाइदैंन ।  ती घटना केबल राजपरिवारको लागि या राज सिङ्घासनको लागि मात्र भएको पाइन्छ । पृथ्वीनारायण शाहले गरेको नेपालको एकिकरण पश्चातका घटनाहरूले मुल रूप लिए । ीत्यो समयको शक्तिशाली राज्यहजरूले अरू राज्यहरूलार्इ शक्ति प्रदर्शनको आधारमा आफ्नै राज्यमा विलय गराउने  परम्परा एंव आफ्नो स्वार्थका लागि गरिएको एकिकरणले नेपाली जनताहरूमाथि अहिले सम्म पनि भ्रममा पार्ने काम गरेको छ । एकिकरणको मुख्य लक्ष्य र तथ्यको ठोस अध्ययन नगरि हामी भ्रमित नेपाली जनताहरू नेपालका मुख्य नायक भनेर ति सामन्ती एवं साम्राज्यवादी राजाहरूको पुजा अहिले सम्म गरिरहेकै छौं । आफ्नो राजसिंघासन बचाउन त्यस पछिका शाही वर्गहरूले पनि नेपालमा उदारवाद एवं समाजवादी नीति अवलम्व गरेकै हुन र एकै रात पनि आफ्नो शासन व्यवस्था चलाउन या वचाउन नसक्ने ति शाही वर्गहरूका लागि नेपाली जनताहरूले २००७ अघिदेखी क्रान्ति गरेकै हुन् ।

आखिर राणा शासनको सट्टा शाही शासनको पुनः उदय नेपालमा भएको थियो, जुनवेला चिनमा साम्यवादीहरूले क्रान्ति गरि सफल गरिसकेका थिए । उता रसियामा कम्यूनिष्ट व्यवस्थाको उदय भएको करिब ३० वर्ष पुगिसकेको थियो र भारत जस्तो व्रिट्रिस उपनिवेश भएको राष्ट्रमा पनि प्रजातन्त्र लागु भइसकेको थियो । भने यसबाट यो पुष्टी हुन्छ कि हामी नेपाली एवं हाम्रो देश नेपाल शाही व्यवस्थाका कारण अरू राष्ट्र भन्दा शताब्दीऔं पछाडि परेका छौं । जुनवेला राणा शासनका विरूद्ध उठाइएको आवाजले नेपालमा पुनः राजतन्त्र नल्याइ पूर्णरूपमा जनतन्त्र लागु गर्नु पर्ने थियो । त्यस पश्चात सुरू भयो कहिल्यै पनि समाप्त नहुने दलाल व्यवस्था । पुँजी र जनतालार्इ आफू उचाइमा जाने सिढि बनाउने नेपाली राजनैतिक दलहरू एवं नेपालीहरूका नेतृत्वहरूले क्रान्तिका नाममा विभिन्न भ्रमित परिवर्तनहरू नेपालमा गरेका थिए । चाहे २००७ को राणा पश्चातको प्रजातन्त्र किन नहोस् या २०४६/४७ को पञ्च्यात पश्चातको बहुदलिय प्रजातन्त्र या राजा नै पछिको लोकतान्त्रिक गणतन्त्र ।

नेपालमा २००७ साल अघि उदय भएको सबै भन्दा ठूलो सामन्ती एवं दलाल वर्ग नेपाली राजनैतिक दलहरूले नेपालको इतिहासमा प्रजातन्त्र या लोकतन्त्रको नाममा जनतालार्इ पूर्णरूपमा भ्रममा पारी उन्नतिको खेती सुरू गरिरहेका छन । शाही राजतन्त्रको जगमा नेपालमा राज गरिरहेका ती दलहरू कहिले राजा सहितको हिन्दुराज्य र  कहिले बहुदलीय प्रजातन्त्रिक व्यवस्थाका नाममा नेपालीहरूले देश र जनताका हितमा गर्ने भनिएको क्रान्ति कालान्तरमा केबल कस्का लागि गरिएको हो भन्ने पुष्टि भएको छ ।

प्रतिक्रिया