अविरल वर्षाका कारण पहिराले वालिङ् नगरपालिका १४ स्थित तमादी लुइटेल गाउँ नै प्रभावित बनेको छ। लुइटेल गाउँका १९ परिवार विस्थापित भएका छन्।
वालिङ १४ अर्चलेडाडा-डुम्रेभन्ज्याङ सडक विस्तारका लागि खन्ने क्रममा पहिरो जाँदा १९ परिवार विस्थापित भएका हुन्।
तमादी लुइटेलका त्रिलोचन अर्याल, जुनु खनाल, केशरबहादुर सिंजाली, कुमारी नेपाली, गिरबहादुर खनाल, सूर्य खनाल, मोतीलाल खनाल, हुमप्रसाद लुइटेल, मनरुपा लुइटेल, कुश्माखर लुइटेल, डोलराज लुइटेल, सुरज लुइटेल, कुन्ती लुइटेल, घनश्याम लुइटेल , तुलसी लुइटेल, टीकाराम लुइटेल, पुरन लुइटेल र दीर्घराम लुइटेल विस्थापित भएका हुन्।
विस्थापित परिवारलाई नजिकका आफन्त कहां बस्न आग्रह गरिएको छ। वालिङ नगरपालिकाले प्लाष्टिक लगायतका आवश्यक पर्ने सामाग्री उपलब्ध गराएको मेयर दिलीपप्रताप खाँणले जानकारी दिनुभयो।
केहीदिनदेखि परेको बर्षाका कारण पहिरो जाँदा पुरै गाउँ नै विस्थापित हुनु परेको तमादीका दुर्गा लुइटेलले जानकारी दिनुभयो।