पोखरा-लेखनाथ-९, नयाँ बजार स्थित “पोखरा सस्तो बजार” को बारेमा केहि दिन यता निकै चर्चा र छलफल चलिरहेको छ । यो विषयले पोखरा आसपासमा मात्र नभएर सिङ्गै देशभर तरंग पैदा गर्दै अघि बढिरहेको छ । नेपालको एउटा शहर भित्रको एक सानो बजारका कारण किन यति धेरै चर्चा परिचर्चा भइरहेको छ । यस बारे मैले यस लेख मार्फत केहि छलफल चलाउन चाहिरहेको छु ।
२०६९ सालको शुरुवाती दिनहरुमा “पोखरा उद्योग वाणिज्य संघ” ले एउटा निकै घतलाग्दो योजना अघि सार्यो । सुन्दर, शान्त पोखरा फुटपाथ निषेध पोखराको अवधारणा अघि सारियो । यो मिसन पूरा गर्नको लागि मुख्य चुनौति थियो, सडक पेटीमा व्यापार, व्यवसाय गर्दे आएका साना व्यापारीको वैकल्पिक व्यवस्था । तत्कालिन अवस्थामा देशका प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो । जनयूद्ध गरेर आएको “माओवादी शक्ति” एउटै थियो अहिले जस्तो प्रचण्ड, वैदया, वावुराम र विप्लवको छुट्टा छुट्टै पार्टी वनि सकेको थिएन । सर्वहारा वर्गको पार्टी भएको नेताले र साथसाथै स्वयं पार्टीले नै राज्यको नेतृत्व गरिरहेको अवस्थाले गर्दा तत्कालिन एकिकृत ने.क.पा. -माओवादी) ले मूख्य चुनौतिको रुपमा रहेका सडक पेटीमा व्यापार व्यवसाय गर्दै आएका साना व्यापारीको वैकल्पिक व्यवस्थामा निकै दर्हो अडान लियो ।
सरकारमा रहेको पार्टीले नै दृढतापूर्वक निम्न वर्गको पक्षमा अडान लिइसकेपछि यसलाई कार्यन्वयन गर्न जिल्लाका सबै क्रियाशिल राजनैतिक दलहरु पनि तयार भए । तत्कालिन अवस्थामा यो एउटा यस्तो इस्यू भयो कि यसको पक्ष र विपक्षमा राजनितिक दलहरु विभाजन भएनन् । क्रियाशिल सबै राजनैतिक पार्टीहरु, पोखरा उद्योग वाणिज्य संघ, पोखरा उप-महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पोखरा उपत्यका नगर विकास समिति, पत्रकार महासंघ, नागरिक समाज, वायूसेवा निगम क्षेत्रिय कार्यालय पोखरा आदि सबै शक्तिहरु साना व्यवसायीलाई उचित स्थानमा सुरक्षा र सुविधासहितको बजार स्थापना गरी व्यवस्थापन कार्यमा सक्रियतापूर्वक जुटे ।
खालि जग्गा खोज्दै जाँदा पोखरा उप-महानगरपालिका वडा नं. ९, पृथ्वीचोक स्थित कित्ता नं. २ को २६३२.५० वर्गमिटर खाली जग्गा नेपाल वायूसेवा निगम, क्षेत्रिय कार्यालय पोखराको स्वामित्व रहेको भेटिन पुग्यो । यो जग्गा भेटिएपछि प्रमुख जिल्ला अधिकारीको रोहवरमा बसेको सर्वदलिय सर्वपक्षिय वैठकले सोहि जग्गामा वजार वसाल्ने र साना व्यवसायीको व्यवस्थापन गर्ने निर्णय भयो । यो निर्णय संगै पर्यटन शहरको रुपमा नाम कमाएको पोखराले सफा पोखरा निर्माणको छलाङ्ग मार्नको लागि निकै ठूलो आधार खडा गर्यो । यो निर्णयले चौतफी संभावनाको निकै ठूलो ढोका खोल्यो ।
खालि जग्गा खोज्दै जाँदा पोखरा उप-महानगरपालिका वडा नं. ९, पृथ्वीचोक स्थित कित्ता नं. २ को २६३२.५० वर्गमिटर खाली जग्गा नेपाल वायूसेवा निगम, क्षेत्रिय कार्यालय पोखराको स्वामित्व रहेको भेटिन पुग्यो । यो जग्गा भेटिएपछि प्रमुख जिल्ला अधिकारीको रोहवरमा बसेको सर्वदलिय सर्वपक्षिय वैठकले सोहि जग्गामा वजार वसाल्ने र साना व्यवसायीको व्यवस्थापन गर्ने निर्णय भयो ।
पोखरा उद्योग वाणिज्य संघले यो निर्णय संगै एउटा ठूलो फड्को मार्न सफल भयो । त्यस पछिका दिनमा सडक पेटीमा व्यवसाय गर्ने साना व्यवसायीहरु नेपाल वायूसेवा निगम, क्षेत्रिय कार्यालय पोखराको उक्त जग्गामा अस्थायी टहरा बनाई विभिन्न आकारका स्टल निर्माण गर्दे व्यवसाय शुरु गरे । वायूसेवा निगमको जग्गा भएकोले व्यवसायीहरु निःशुल्क वस्न पाउने त कुरै भएन l सकारण व्यवसायीहरु उचित भाडा तिर्न समेत राजि भए ।
वायूसेवा निगमले सिधै भाडा उठाउने व्यवस्था गरेन । उसले भाडा उठाउन अर्काे खाले व्यवस्था गर्यो । त्यो व्यवस्था कस्तो दियो भने एकजना कृष्ण प्रशाद श्रेष्ठ भन्ने ठेकेदारलाई भाडा उठाई बुझाउन सहमति थियो । तत्कालिन रुपमा सो सहमति सापेक्षित रुपमा ठिकै थियो । कृष्ण प्रसाद श्रेष्ठले वायूसेवा निगमलाई मासिक रुपमा जम्मा ३०,०००।- -तिस हजार) मात्र भाडा बुझाउने गर्दथे । उनी आफै भाडा उठाउन भने जाँदैनथे । उनले आफनो तर्फबाट भाडा उठाउने जिम्मा अर्का ठेकेदार भरत गुरुङ्गलाई दिएका थिए l तिनै भरत गुरुङ्गले प्रत्येक स्टलबाट भाडा उठाइ कृष्ण प्रसाद श्रेष्ठलाई बुझाउँथे ।
कृष्ण प्रसाद श्रेष्ठ र भरत गुरङ्गको पालामा व्यवसायी माथी केहि मात्र ठगिको हल्ला सुनिए पनि खासै त्यसले व्यवसायीमा विद्रोहकै स्तरको असन्तुष्टि चाँही सुनिएन । व्यवसायीहरुले व्यवसाय गर्दे गए l राज्यलाई भाडा बुझाउँदै गए । व्यवसायीहरुले आफनो जीवन निर्वाहको प्रक्रियामा आफू र आफना परिवारको छाक कटाएर उब्रेको वचतले आफनो स्टललाई डेकोरेशन र आधुनिकिकरण गर्दे लगे ।
यदि हामीले न्यूनतम मूल्यकै हिसाब गर्ने हो र एक स्टलको ५ लाख मात्रै राख्ने हो भने पनि २१७ स्टलको १० करोड ८५ लाख त भौतिक संरचनाको मूल्य देखिन आउँछ । यसमाथी हरेक स्टलमा न्यूनतम १० लाख देखि अधिकतम ३० लाख सम्मको माल -वस्तु) बेच्न रखिएका छन् । यसको औसत मूल्य एकमुष्टमा निकाल्दा वा एक स्टलको १२ लाखको रेसियोमा माल रहेछ भने पनि २१७ स्टलको २६ करोड ४ लाखको मूल्य देखिन आउँछ । भौतिक संरचना र माल -वस्तुको) सबै मूल्य जोड्दा ३६ करोड ८९ लाख जति पर्न आउँछ ।
२०६९ बाट लगातार ४ वर्ष सम्म आÏनो स्टललाई लगानी र स्याहारसुसार गरेपछि स्टलहरुका नयाँ नयाँ रुपहरु फेरिए । पसलको भुई ढलान गर्ने, विभिन्न किसिमका टासी राख्ने, कपडा चेन्ज रुमहरु, लकर निर्माण, वाइरिङ्ग आदि आदि सुविधा पसलहरुमा थपिदै गए । निरन्तरको गतिशिल प्रवाहमा आफूलाई ढाल्दै जाँदा सवै व्यवसायीहरुले आफनो स्टलको न्यूनतम मूल्य करिब ५ -पाँच) लाख बराबरको पुर्याए । कसै कसै सिपालु व्यापारीहरुको पसलको डेकोरेशन हेर्दा १० -दश) लाख सम्मको देखिन्छ ।
यदि हामीले न्यूनतम मूल्यकै हिसाब गर्ने हो र एक स्टलको ५ लाख मात्रै राख्ने हो भने पनि २१७ स्टलको १० करोड ८५ लाख त भौतिक संरचनाको मूल्य देखिन आउँछ । यसमाथी हरेक स्टलमा न्यूनतम १० लाख देखि अधिकतम ३० लाख सम्मको माल -वस्तु) बेच्न रखिएका छन् । यसको औसत मूल्य एकमुष्टमा निकाल्दा वा एक स्टलको १२ लाखको रेसियोमा माल रहेछ भने पनि २१७ स्टलको २६ करोड ४ लाखको मूल्य देखिन आउँछ । भौतिक संरचना र माल -वस्तुको) सबै मूल्य जोड्दा ३६ करोड ८९ लाख जति पर्न आउँछ ।
कमिला र मौरीले झै काम गरेर आज सस्तो बजारका २१७ जना व्यवसायीहरुले पोखराको एक उत्कृष्ट ब्राण्डेड बजारको रुपमा स्थापित गरिदिएका छन् र पोखराको गौरब वढाईदिएका छन् । हरेक दिन व्यापारीहरु विहानको १२ बजे सम्म पोखराकै विभिन्न ठाउँमा रहेका होलसेल पसलहरु चाहर्छन् र आफूले आफनो पसलमा बेच्न सक्ने आइटम छान्छन् । त्यसलाई आफै पोको पारी आफनै टाउकामा नाम्लो लगाई कूर्लुम्तै भारी बोकेर पसल आउँछन् र व्यापारमा वस्छन् । यसो गरि सक्दा दिनको १ः०० बजिसकेको हुन्छ । वास्तबमा सस्तो बजार हरेक दिन दिउँसो १ बजे देखि बेलुका ८ः०० बजे सम्म सक्रिय हुने बजार हो l तरकारी र फलफुलका स्टलहरु चाँही विहानै देखि सक्रिय हुन्छन् ।
आफनो पहिचान र कर्तव्यको गहन जिम्मेवारीका साथ सान्दार ढंगले अगाडी बढिरहेको यस बजारमा हालको अवस्थामा एकदमै तनाव स्थिति छ । यो तनाव किन भइरहेछ ? आउनुस यसबारे पनि हामी छलफल गरौं । पोखरा सस्तो बजार जहाँ अवस्थित छ, खास रुपमा यो जग्गाको स्वामित्व नेपाल वायूसेवा निगम, क्षेत्रिय कार्यालय पोखराको नाममा छ । यो उसैले भाडामा लगाएको जमिन हो । तर उसले के भनेको छ भने उसले पहिला भाडामा दिएको व्यक्ति कृष्ण प्रसाद श्रेष्ठको सहमति २०७२ चैत्र मशान्तमा सकिएको छ । नयाँ सहमति काठमाण्डौं वासी राजेन्द्र वहादुर गोर्खाली -राजु गोर्खाली) संग भएको छ ।
कृष्ण प्रसाद श्रेष्ठसंग मासिक ३०,०००।- मात्र भाडा बुझ्दै आएको वायूसेवा निगमले आज किन एकाएक ११ लाख भाडा लिने निर्णय गर्यो ? ११ लाख भाडा उठाई तिर्छौं भनेर राजु गोर्खालीले किन त्यस्तो सहमति गरे । यसै वर्षको कार्तिक ८ गते पहिलो पटक र मंसिर १ गते दोस्रो पटक “स्टल बुकिङ्ग संबन्धमा” भन्ने व्यहोराको सस्तो बजार व्यवसायीहरुलाई तर्साउने र आतंकित पार्ने गरी राजेन्द्रबहादुर गोर्खालीको “सुर्यदिल ग्रुप इन्भेष्टमेन्ट कम्पनि प्रा.लि. काठमाण्डौंको तर्फबाट पूर्ण बहादुर पाठक र टंक प्रसाद खतिवडाले धम्कि पत्र चुल्ठे, मुन्द्रेबाट किन बाँडे ? यूवराज खतिवडा भन्ने कहलाएको गुण्डा नाइकेलाई मासिक ५,५००।- भाडा र डिपोजिट वापत ५०,०००।- किन बुझाउनु पर्ने ? फागुनको सुरुवाति दिनबाट दिनहुँ जसो यूवराज खतिवडाले सस्तो बजार क्षेत्रमा दिन दहाडै किन हुलदङ्गा र आतंक मात्र मच्चाउने खेति गर्दछ ? यूवराज खतिवडा कून शक्तिको आदेशमा उद्श्रृङखल भएको हो ? यो बारेमा व्यवसायी जान्न चाहन्छन् ।
यो विषयमा प्रमूख जिल्ला अधिकारीको रोहवरमा २०७३ फागुन १७ गते सर्वदलिय, सर्वपक्षिय बैठक पनि बसि सकेको छ । वायूसेवा निगम क्षेत्रिय कार्यालय पोखराका प्रमुख विजय वस्नेतले रेन्ट कमिटीले तोकेको मासिक भाडा दर २,९४,००० को दरलाई उल्लंघन गरी ११ लाख कायम किन गरे ? यो ११ लाखमा मिलाएवापत उनको कमिशनको हिस्सा कति छ ? विजय वस्नेतले यूवराज खतिवडालाई सस्तो बजार क्षेत्रमा आतंक मच्चाउन किन पठाउँछन् ? सि.डि.ओ. साहेवले वोलाउनु भएको मिटिङ्गमा उपस्थित भएर बोल्ने सबै जिम्मेवार व्यक्तिहरुले भन्नुभएको थियो “सस्तो बजारलाई न्याय देउ” त्यस वैठकमा सहमतिको बाटो बाटै सस्तो बजारलाई न्याय दिने सहमति भएको थियो । यतिका दिन विति सक्दा पनि सस्तो बजारले किन न्याय पाइरहेको छैन ? यूवराज खतिवडाको सस्तो बजार माथिको हर्कत किन रोकिदैन ? पानी, वत्ति, शौचालय, पार्कीङ्ग, सुरक्षा र सुविधाको क्षेत्रमा निकै प्रभावकारी भूमिका निभाउँदै अघि बढेको व्यवस्थापन समिति र यसका पदाधिकारीहरुमाथि विविध षड्यन्त्र किन ? आज सस्तो बजारको एउटै छानामुनि केन्द्रीत भाएको जग्गाको मूल्यबाहेक करिब ३६ करोड ८९ लाखको २१७ परिवारको संपत्ति रक्षा कसरी हुन सक्छ ?
वायूसेवा निगम क्षेत्रिय कार्यालय पोखराका प्रमूख विजय वस्नेतले कमिसनको आसमा र्याल चुहाउँदा सस्तो बजार अस्तव्यस्त हुँदैछ । रक्षकलाई भक्षक हुनबाट कसरी जोगाउने ? यसबारेमा जिल्लाका क्रियाशिल राजनैतिक पार्टीहरु, स्थानिय राज्य प्रशाषनका सबै अड्डाहरु, पोखरा उद्योग वाणिज्य संघ, पोखरा उप-महानगरपालिका, पोखरा उपत्यका, नगर विकास समिति, नेपाल पत्रकार महासंघ, नागरिक समाजको संजाल कास्की, स्थानिय शान्ति समिति कास्की, वुद्धिजिवि सर्कल, राष्ट्रिय घरभाडा सरोकार समिति र संपूर्ण जनसमुदायहरुले एक पटक पोखरा सस्तो बजारका व्यवसायीको हकहित र अधिकारको बारेमा आवाज बुलन्द पार्न जरुरी छ ।
सस्तो बजार वासिहरुको माग जायज छ । उनीहरुले भनेका छन् “रेन्ट” कमिटिले तोकेको भाडादर सिधै वायूसेवा निगमलाई बुझाउने व्यवस्था मिलाइयोस” यो माग जायज छ । आउनुस तपाई हामी सबै मिलि सस्तो बजार व्यवसायी माथि विजय वस्नेत, यूवराज खतिवडा र टंक खतिवडाबाट थुपरिएको गुण्डा आतंकको प्रतिवाद गरौं । रेन्ट कमिटिले तोके अनुसार मासिक २,९४,०००।- भाडा सिधै वायूसेवा निगमलाई बुझाउने व्यवस्था गरौं ।