सर्पले टोक्दा स्वास्थ्य चौकी नगई धामीझाँक्रीकोमा पुग्दा एक महिलाको मृत्यु

सर्पले टोक्दा स्वास्थ्य चौकी नगई धामीझाँक्रीकोमा पुग्दा एक महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असार २०७४
  • 8.8K
    Shares

चामुण्डा विन्द्रासैनी नगरपालिका– ६ लैनचैवरकी  शान्ता शाहीको विहीवार घर छेवैको छाउगोठमा सर्पले टोकेर मृत्यु भएको छ ।

विहीबार राती १० वजेतिर सुतिरहेको बेला शाहीलाई सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । सुरुमा उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउनुको साट्टो धामीझाँक्री लगाउन खोज्दा उपचार नपाएर उनको मृत्यु भएको जम्मु काध स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी कमला शाहीले जानकारी दिइन् ।

स्वास्थ्यकर्मी कमलाका अनुसार स्वास्थ्य संस्थामा ढिला ल्याइपुर्याएकोले  शाहीको ज्यान जोगाउन नसकिएको हो ।

दैलेख जिल्लामा अझैपनि ३ सय ७६ वटा छाउगोठ रहेको तथ्यांक जिल्ला समन्वय समितिले उपलब्ध गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार