आफ्ना कार्यकर्ता माथी झुटा मुद्दा दायर गरेको भन्दै रोल्पा अनिश्चितकालिन बन्द

आफ्ना कार्यकर्ता माथी झुटा मुद्दा दायर गरेको भन्दै रोल्पा अनिश्चितकालिन बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असार २०७४
  • 10.5K
    Shares

रोल्पा / नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन यातायात बन्दको आव्हानका कारण रोल्पामा मंगलबार बिहानदेखि यातायात ठप्प भएको छ। नेकपाले सोमबार बेलुका विज्ञप्ती जारी गरेर बन्द आव्हान गरेको थियो ।

पार्टीका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ द्वारा हस्ताक्षरित विज्ञप्तीमा रोल्पा नगरपालिका १० थबाङका सहिद सेते ओलीका छोरा बीरबहादुर वलीलाई प्रहरीले बिना कारण गिरफ्तार गरी झुठामुद्दा लगाएको उल्लेख छ । ओलीलाई नछाड्दासम्म यातायात बन्द गरिने बताइएको छ । स्थानीय तहको निर्वाचनका दिन रोल्पा नगरपालिका १० धबाङको मतपेटिकामा एसिड खसाएको आंशकामा प्रहरीले ओलीलाई पक्राउ गरेको हो । काम विशेषले सदरमुकाम लिबाङ आएका ओलीलाई प्रहरीले पक्राउ गरेको नेकपा नेता सुन्दर वली बताउनुभयो । विज्ञप्तीमा चुनाव सकिएपनि सर्वसाधारण वलीलाई निर्वाचन विरोधी कार्य गरेको झुठो आरोप लगाइएकोमा आपत्ति जनाइएको छ ।

बिहानैबाट सदरमुकामदेखि बाहिरिने र भित्रिने लामा र छोटो दुरीका सबै यातायात बन्द छन् ।यातयातका साधन ठप्प भएपछि सडक सुनसान बनेका छन् ।

चुनाव अघि पक्राउ गरिएका नेकपाका कार्यकर्ता र कलाकारलाई भने प्रहरीले छोडेको छ । पत्रकार एवं नेकपा निकट विद्यार्थी संगठनका नेता पुष्टमन घर्ती लगायत दर्जन बढी कलाकार सोमबार छोडिनु भएको हो । कलाकार सहित रिहा हुनु भएका टिमलाई पार्टीले सम्मान समेत गरेको छ । विनाकारण पक्राउ गरी हिरासत र कारगारमा राखिएको भन्दै पार्टीले भत्सना गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार