लागु औषध सहित भारतीय नागरिक पक्राउ

लागु औषध सहित भारतीय नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असार २०७४
  • 9.4K
    Shares

काठमाडौं । नागढुङ्गा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

विरगञ्जदेखि काठमाडौं आउँदै गरेको ना ६ ख १५३५ नम्बरको बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा भारतको मोतिहारीका १९ वर्षे फूल महमद अन्सारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीबाट डाइजेल्याव २५०, फेनार्गन १६९ र नुफिर्न १५० एम्पुल बरामद गरिएको महानगरिय प्रहरी विभाग नागढुङगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार