बुटवल-तानसेन सडक खण्ड सिद्धबाबाको पहिरोले सडक अवरुद्ध, रोकिए सयौं सवारी

बुटवल-तानसेन सडक खण्ड सिद्धबाबाको पहिरोले सडक अवरुद्ध, रोकिए सयौं सवारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 13.8K
    Shares

पोखरा/ बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सडक अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सो क्षेत्रमा खसेको पहिरोले सडकमा सयौं सवारी र यात्रु बिचल्लीमा परेका छन् ।

रुपन्देही लगायतका जिल्लामा हिजो बेलुका देखि अविरल वर्षा भइरहेको छ । सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत, अर्घाखाँची जाने र सो क्षेत्रबाट बुटवल र्फकने यात्रुहरु बिचल्ली मै परेका छन् ।

अबिरल वर्षाले गर्दा सडकमा खसेको पहिरो हटाउन पनि समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार