सप्तरीमा डुबानमा परेका मानिसहरुको प्रहरीद्दारा उद्दार

सप्तरीमा डुबानमा परेका मानिसहरुको प्रहरीद्दारा उद्दार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असार २०७४
  • 10.1K
    Shares

सप्तरी / गएरातीको लगातार बर्षातको कारण सप्तरीमा डुबानमा परेका मानिसहरुको प्रहरीले उद्दार गरेको छ।

सप्तरी जिल्ला अन्तर्गत हुदै बग्ने खोला नदिहरुमा पानीको बहाव बढ्दै गएपछी जिल्लाका राजबिराज नगरपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनि गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका कृष्णासवरण गाउँपालिकाका स्थानहरुमा बाढी पसेको पछी उक्त स्थानमा रहेका १६० जना मानिसहरुको घर जग्गामा क्षति भएको थियो।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरीको टोलीले उद्धार गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार