तुलसीपुरबाट वेपत्ता व्यापारी राजकुमार श्रेष्ठ मृत फेला

तुलसीपुरबाट वेपत्ता व्यापारी राजकुमार श्रेष्ठ मृत फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ असार २०७४
  • 40.6K
    Shares

तुलसीपुर । दाङको तुलसीपुरबाट वेपत्ता व्यापारी राजकुमार श्रेष्ठ मृत फेला परेका छन् । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ ।

श्रेष्ठको शव शुक्रबार छत्रेश्वरी गाउँपालिकाको रैजीकुटी जंगलमा फेला परेको तुलसीपुर प्रहरीले जनाएको छ ।

तुलसीपुरमा बुटवल बस्त्रालय सञ्चालन गरेका श्रेष्ठ र स्काभेटरको ठेक्कापट्टा गर्ने हापुरका घर्तीमगर गत जेठ २७ गतेदेखि वेपत्ता थिए ।।

प्रतिक्रिया
सम्बन्धित समाचार