अमेरिकाविरुद्ध उत्तर कोरियाद्वारा विशाल प्रदर्शन (१० तस्वीर)

अमेरिकाविरुद्ध उत्तर कोरियाद्वारा विशाल प्रदर्शन (१० तस्वीर)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 11.2K
    Shares

ङयाङ (उत्तर कोरिया), असार १२ । उत्तर कोरियाले अमेरिकाविरुद्ध संघर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ ।

जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए । जुलुसमा सबै क्षेत्रका कोरियाली नागरिकको सहभागिता भएको थियो ।

सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठहर्‍याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए)ले बताएको छ ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया