पराष्ट्रमन्त्री महरा अल्जिरियाका राजदूत हम्जा याहिया चेरिफ वीच शिष्टाचार भेटवार्ता

पराष्ट्रमन्त्री महरा अल्जिरियाका राजदूत हम्जा याहिया चेरिफ वीच शिष्टाचार भेटवार्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असार २०७४
  • 7.6K
    Shares

काठमाडौं/  उपप्रधान तथा पराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अल्जिरियाका गैरआवासीय महामहिम राजदूत हम्जा याहिया चेरिफ (Hamza Yahia Cheriff)ले शिष्टाचार भेटवार्ता गरेका छन् ।

पराष्ट्रमन्त्रालयमा शुक्रवार आज भएको भेटवार्तामा महराले अल्जिरियन राजदूतलाई वर्तमान सरकारको प्राथमिकताको जानकारी दिँदै तीनै तहको निर्वाचन सम्पन्न गर्ने, भूकम्पपछिको पुनःनिर्माणलाई तीब्रता दिने तथा शान्ति प्रकृयालाई सम्पन्न गर्ने रहेको बताए ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले सन् २०१८ देखि २०२० को अवधिका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्यको रुपमा नेपालले उम्मेदवारी दिएकाले समर्थन गर्न राजदूतमार्फत अल्जिरियाको सरकारलाई आग्रह गरे । अल्जिरियन राजदूत हम्जाले आफ्ना नागरिकलाई निःशुल्क स्वदेश फर्कने अनुमति दिएकोमा अल्जिरिया सरकारको तर्फबाट नेपाल सरकार तथा माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई धन्यवाद व्यक्त गरे ।

अफ्रिकन मुलुक अल्जिरीयन नागरिक अब्देल कादेर इब्राहिम अजुज(Abdelkader Ibrahim Azzouz) विगत १६ वर्षदेखि नेपाल बस्दै आएका थिए । निजको राष्ट्रियता नखुलेका कारण लामो अवधिदेखि नेपालमा शरणार्थीका रुपमा बस्दै आएका थिए । निजको राष्ट्रियता पहिचान भएपछि अल्जिरीया सरकारले उनलाई स्वदेश फर्काइदिन नयाँ दिल्लीस्थित अल्जिरीयाको दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरेको थियो ।

नेपाल र अल्जिरियाबीचको सुमधुर तथा सहयोगात्मक सम्बन्ध तथा मानवीयताको आधारमा नेपाल सरकारले निज नागरिकले भिषा तथा जरिवाना वापत लाग्ने शुल्क मिनाहा गरी स्वदेश फर्कन अनुमति दिएको हो ।

राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्यका लागि समर्थन गर्ने विषयमा राजदूत हम्जाले अल्जिरिया सरकारले नेपाललाई समर्थन गर्ने आस्वासन दिनुभयो । सो अवसरमा अरव क्षेत्रमा देखिएको वर्तमान गतिरोधको विषयमा समेत छलफल भएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित समाचार