मनसुन आठ दिनपछि देशभर सक्रिय

मनसुन आठ दिनपछि देशभर सक्रिय


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असार २०७४
  • 7.3K
    Shares

एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो ।

देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवा रिमालले बताए ।

बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमकमो तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ ।

विभागले यसवर्ष औसत वर्षा हुने अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार