यौनकर्मी भन्छन्, ‘पुलिससँग त पूरै सेटिङ हुन्छ’

यौनकर्मी भन्छन्, ‘पुलिससँग त पूरै सेटिङ हुन्छ’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ जेष्ठ २०७४
  • 31.6K
    Shares

काठमाडौँ –  रातको ८ बजेको थियो । एउटा रङ्गीन रात्री जीवनको सुरुवात । खुलमखुल्ला फष्टाएको यौन बजार र ग्राहक खोज्न हिंडेका यौनकर्मी । थरि थरिका रेट, थरी-थरीका यौनकर्मी । थोरै महिला, अधिकांस तेश्रो लिंगी । ड्राइभरदेखि मजदुरी काम गर्नेहरुको यौन प्यास मेटाउने भोक ।

सबैका आ-आफ्नै धुन । यहि क्रममा हामी पनि बुझ्न लाग्यौ यौनकर्मीका यथार्थ । र हामी पनि ग्राहकझैं बनेर सुरु गर्यौं वार्तालाप । र भेट्यौं केहि यौनकर्मीका यथार्थ :

पात्र नम्बर १ : मिसेस टु थाउजेन्ड

‘हामी बसेको ठाउँमा ‘ आउंदै केहि कामुक भएर सोधिन् उनले, ‘जाने हो ?’ ‘रेट कति ?’ हाम्रो प्रश्न थियो ।

‘२००० हो । एक घन्टाको । ‘होल नाइट ३५००’ उनले उत्तर फर्काइन् । ‘लैजाने कहाँ हो ?’ हामीले पुन: प्रश्न गर्यौं ।

‘बागबजार’ मुन्टो उतातिर फर्काएर उनी बोलिन् ।

‘रिस्क त हुन्न नि ?’ हामीले फेरी सोध्यौं ।

‘रिस्क भए त हामीलाई पनि हुन्छ नि ! पुरै ‘सेफ छ’ उनी बोलिन् ।

‘रेट मिलाउनुपर्यो ।’ हामी बोल्यौं ।

‘कति जना ?’ उनले सोधिन् ।

‘हामी दुइ’ हामीले उत्तर फर्कायौं ।

‘होल नाइट हो ?’ उनको प्रश्नमा हामीले ‘हो भन्यौं’ ‘३००० गर्दिनुस न त !’ उनको प्रश्न ।

‘२००० नै गरौँ न । होल नाइट’ हामीले उत्तर फर्कायौं ।

‘उनी राजी भइन् ।

हामी चुरोट किनेर आउने बहाना गर्दै त्यहाँबाट निस्क्यौं । झट्ट हेर्दा उनी २५ काटेकी थिईनन् । लैनचौर लैजान्छु भन्थिन् । ‘हाम्रो आफ्नै रुम छ । पूरै सेफ ‘ उनको यो बोली सँगै नेपालमा यौन बजार कति खुलेआम भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको छ ।

पात्र नम्बर २ : मिसेस रत्नपार्क

रत्नपार्क छिर्ने गेट नजिक, उनको हाउभाउ फरक थियो । तेश्रो लिंगी हुन् भन्ने स्पष्टै देखिन्थ्यो । हामी उनीतिर अगाडी बढेपछी उनी आफैंले सोधी, ‘जाने हो ?’ र सुरु भयो हाम्रो वार्तालाप

रेट कति ?

१५०० एक घन्टाको ।

अनि होल नाइट ?

४०००।

बस्ने कहाँ ?

लैनचौर ।

पुलिसको डर हुन्न ?

सब सेटिङ छ । ‘होल नाइट बस्ने हो, रेट मिलाउँ न ।’

‘ल ४००० मा डन्।

तिनी राजी भइन् । हामीले फेरी उही चुरोट किन्ने बहाना गरेर भाग्यौं ।

यो सिलसिला केहि यौनकर्मी सँग चल्यो । फरक फरक पात्र । कसैले लैनचौर त कसैले बागबजारमा आफ्नै कोठा लिएका, कोहिले गेष्ट हाउस मिलाएका । रेट आ- आफ्नै । २०० देखि ५००० सम्म । थरी थरीका यौनकर्मी । यस्तै रहेछ रत्नपार्कको वास्तविकता ।

यौनकर्मीको दावी : पुलिसकै सेटिङ

यता यौनकर्मीहरुले आफ्नो पेशामा पुलिससँगको सेटिङ हुने गरेको दावी गरेका छन् । ‘बागबजारको एक लजमा धन्दा चलाउने बताउने एक यौनकर्मी भन्छिन्, ‘रत्नपार्कबाट बागबजार त चाहे फलो गरेर भएपनि समातीहान्छन् नि ! सबै सेटिङ हुन्छ । यहाँ आउने प्रहरी, थर्काएजस्तो गर्ने व्यवहार सबै नाटक हुन् । ‘

अर्थ सरोकार

 

प्रतिक्रिया