नवलपुर, ३ कार्तिक २०८३।
नवलपुरको कावासोतीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
चोरमाराबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग १ च ६७०४ नम्बरको कारले आइतबार साँझ करिब ७ः०५ बजे कावासोती नगरपालिका–१६ स्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ हर्वासी निवासी ४२ वर्षीय राजु केसीलाई तत्काल उद्धार गरेर मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा राति ८ः५९ बजे चिकित्सकले मृत घोषणा प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि फरार रहेका कार चालक कावासोती नगरपालिका–१६ निवासी ६२ वर्षीय मिनबहादुर क्षेत्रीलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।पक्राउ परेका क्षेत्रीमाथि सवारी ज्यानसम्बन्धी कसुरमा कानुनबमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।