काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका पूर्वप्रम खनालको स्वास्थ्यमा क्रमश: सुधार हुँदै

काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका पूर्वप्रम खनालको स्वास्थ्यमा क्रमश: सुधार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८३
  • 133
    Shares

काठमाण्डौ, २ कार्तिक २०८३।

श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमश: सुधार हुँदै गएको छ।

खनालको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको उनको सचिवालयका सदस्य मिलन उपाध्यायले जानकारी दिए। चिकित्सकको निगरानीमा राखिएका खनालको अवस्था सामान्य बन्दै गएको उनले बताए। स्वास्थ्यमा सुधार भइरहेकाले सोमबार नै अस्पतालबाट डिस्चार्ज हुन सक्ने उपाध्यायले बताए।

स्वास्थ्यमा सुधार भइरहेकाले सोमबार नै अस्पतालबाट डिस्चार्ज हुन सक्ने उपाध्यायले बताए।

उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिनुबाहेक अन्य कुनै समस्या नरहेको बताइएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार दिउँसो काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार