काठमाडौंको आरुबारीमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक भारतीय किशोरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौंको आरुबारीमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक भारतीय किशोरको मृत्यु, चालक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८३
  • 0
    Shares

bike accident

काठमाडौं, २ कात्तिक २०८३ ।

काठमाडौंको आरुबारीमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जना भारतीय किशोरको मृत्यु भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल गएराति करिब ११ः२० बजे आरुबारीस्थित राम मन्दिर नजिक सडकमा चिप्लिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना भारतीय किशोरको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोहन ठाकुर गम्भीर घाइते भएका छन्। नेपाल मेडिकल कलेज, अत्तरखेलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कात्तिक २ गते बिहान १ः४५ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना भएको प्रारम्भिक विवरण प्राप्त भए पनि दुर्घटनाको थप कारणबारे भने विवरण खुलाइएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार