आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८३
  • 570
    Shares

काठमाडौं, २ कार्तिक २०८३ ।

नेपाल राष्ट्र बैंकले आज कात्तिक २ गते (अक्टोबर १९) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

जसअनुसार अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन स्थिर बनेको छ। अर्थात् आज सोमबार पनि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा नै कायम गरिएको छ। अमेरिकी डलरको विनिमयदर आइतबार पनि यही थियो।

युरो, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको भाउ भने अघिल्लो दिनको तुलनामा घटेको छ। 

आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा छ। आइतबार खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा थियो। 

यस्तै आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा छ। आइतबार खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा थियो। 

यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७७ पैसा छ। आइतबार खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा थियो। 

क्यानेडियन डलरको भाउ भने आइतबारभन्दा बढेको छ।

आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा छ। हिजो खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा थियो। 

सिंगापुर डलरको भाउ भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा छ। हिजो खरिददर ११८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा थियो।

बाँकी मुद्राको विनिमयदर तल सूचीमा हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार