बुटवलमा महिलालाई गोली हानेर भागेका भारतीय नागरिक नवलपरासीबाट पक्राउ

बुटवलमा महिलालाई गोली हानेर भागेका भारतीय नागरिक नवलपरासीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०८३
  • 437
    Shares

पोखरा, १ कात्तिक २०८३।

बुटवलमा महिलालाई गोली हानेर घाइते बनाई भागेका एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीलाई २०८२ साल वैशाख ६ गते गोली हानेर घाइते बनाई भागेका भारतीय नागरिक पक्राउ परेका हुन्।

विपना भन्ने टिका बिष्ट क्षेत्रीलाई गोली हानेको आरोपमा भारतीय नागरिक सितारे आलम अन्सारीलाई आज दिउसो करीब तीन बजे नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय, नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। उनको साथबाट यूपी ५६ एएच ०५१६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनापछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका अन्सारी नेपाल प्रवेश गरी हाल नेपालमै रहेको सूचना पाएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। भौतिक तथा प्राविधिक निगरानीका आधारमा उनको अवस्थिति पत्ता लगाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार