किन पक्राउ परे, लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

किन पक्राउ परे, लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०८३
  • 665
    Shares

काठमाडौं, १ कात्तिक २०८३।

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार ललितपुरको सानेपा क्षेत्रबाट पक्राउ गरेको हो।

काठमाडौं परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले पक्राउको पुष्टि गर्दै सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको बताएका छन्।

प्रहरी स्रोतका अनुसार यो पक्राउ पछिल्लो समय चर्चामा रहेको सम्पत्ति शुद्धीकरण प्रकरणसँग जोडिएको छ। प्रहरीले अहिले इनम सापकोटासहितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

स्रोतका अनुसार सापकोटाले प्रहरीसमक्ष दिएको बयानमा सुशील भट्टमार्फत ३० करोड रुपैयाँ दिने र अदालतमा सेटिङ मिलाएर दीपकलाई छुटाउने सहमति भएको उल्लेख गरेका छन्। सोही कारोबार र दीपकलाई थुनामुक्त गराउन भएको भनिएको चलखेलबारे अनुसन्धान गर्न सुशीललाई पक्राउ गरिएको हो।

सुशील भट्ट विवादित व्यवसायी दीपक भट्टका दाजु हुन्। दीपक भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्। प्रहरीले सुशील भट्टलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार