पोखरा , १ कात्तिक २०८३।
पोखरामा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १७ सितापाइलाबाट गएको शुक्रबार राती १० बजे ग १९ प १०९१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ७ मासबार बस्ने वर्ष ३१ का सागर गुरुङ र मजुङ, बेसीशहर नगरपालिका वडा नं. ७ मिलनचोक स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष २५ का किरण ठकुरी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
सितापाईलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल चोर्री गरेर सही मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले करीब एक घण्टा पछि राति २३:०० बजे पोखरा महानगरपालिका वडा नं. १७ सिमलटुँडास्थित सडकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।
पक्राउ परेका दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।