झापामा गएराती ७० वर्षीय वृद्धको हत्या

झापामा गएराती ७० वर्षीय वृद्धको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०८३
  • 494
    Shares

झापा, १ कात्तिक २०८३।

झापामा गएराती ७० वर्षीय वृद्धको हत्या भएको छ।

झापाको अर्जुनधारा नगरपालिका–७ दाहाल चोकस्थित सडकमा शनिबार राती करिब ७ बजे स्थानीय ७० वर्षीय दुर्गाबहादुर बस्नेतको बन्चरो प्रहार गरी हत्या भएको हो ।

घाँटीमा चोट लागेका बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानाकारी दिएको छ ।

घटनास्थलमा बन्चरोसमेत फेला परेको छ। घटनाको आरोपमा प्रहरीले रविन लिम्बूलाई पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार