चितवन, २ कात्तिक २०८३।
चितवनको राप्ती नगरपालिका–२ स्थित सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भएर सडक छेउको नालीमा पल्टिँदा १० जना घाइते भएका छन्।
भरतपुरबाट हेटौँडाहुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस आइतबार बिहान करिब १०:४५ बजे सिमरा चोकस्थित नालीमा पल्टिँदा १० जना घाइते भएका हुन्।
प्रहरीका अनुसार बसमा चालकसहित २३ जना सवार थिए। बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा १० जना घाइते भएका हुन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाएको जनाएको छ।
मध्यम अवस्थाका घाइतेहरू
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार मध्यम अवस्थाका घाइतेहरूमा राप्ती नगरपालिका–१०, चितवनका २० वर्षीय सविन तामाङ, खैरहनी नगरपालिका–६, चितवनकी ६० वर्षीया फूलमती यादव, हरिपूर्वा नगरपालिका–४, सर्लाहीकी ५० वर्षीया कैशलिया देवी राम र कटहरी नगरपालिका–१, उदयपुरका २३ वर्षीय अमृतबहादुर लुङ्गेली मगर रहेका छन्।
त्यस्तै, सुनसरीको हरिपुर चोककी २१ वर्षीया एक महिला पनि घाइते भएकी छन्।
घाइतेहरूको विवरण:
१. जिल्ला चितवन, राप्ती नगरपालिका–१० बस्ने अं. २० वर्षीय सविन तामाङ। (अवस्था मध्यम)
२. जिल्ला चितवन, खैरहनी नगरपालिका–६ बस्ने अं. ६० वर्षीया फूलमती यादव। (अवस्था मध्यम)
३. जिल्ला सर्लाही, हरिपूर्वा नगरपालिका–४ बस्ने अं. ५० वर्षीया कैशलिया देवी राम। (अवस्था मध्यम)
४. जिल्ला उदयपुर, कटहरी नगरपालिका–१ बस्ने अं. २३ वर्षीय अमृतबहादुर लुङ्गेली मगर। (अवस्था मध्यम)
५. जिल्ला सुनसरी, हरिपुर चोक बस्ने अं. २१ वर्षीया रमिना चौधरी थारू। ((१२ हप्ताको गर्भवती अवस्था मध्यम)
६. देश भारत, रक्सौल बस्ने अं. ४३ वर्षीय मुकेश ठाकुर। (अवस्था सामान्य)
७. जिल्ला सर्लाही, हरिपूर्वा नगरपालिका–४ बस्ने अं. २२ वर्षीय सत्यम राम। (अवस्था सामान्य)
८. जिल्ला सुनसरी, हरिपुर चोक बस्ने अं. २५ वर्षीय अजय चौधरी थारू। (अवस्था सामान्य)
९. जिल्ला चितवन, राप्ती नगरपालिका–५ बस्ने अं. ४२ वर्षीया रीता देवी माझी। (अवस्था सामान्य)
१०. ऐ. रीता देवी माझीका सात वर्षीय छोरा आदित्य माझी। (अवस्था सामान्य)