काभ्रेको सेल्फीडाँडाबाट गएराती माइक्रोबस खस्यो : चालकसहित तीन जना घाइते

काभ्रेको सेल्फीडाँडाबाट गएराती माइक्रोबस खस्यो : चालकसहित तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८३
  • 133
    Shares

काभ्रे, २ कार्तिक २०८३ ।

काभ्रेको सेल्फीडाँडाबाट गएराती हायस माइक्रोबस खस्दा चालकसहित तीन जना घाइते भएका छन्।

झापाबाट काठमाडौं आउँदै गरेको  बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस गएराती सोमबार राति करिब २ बजे काभ्रेको सेल्फीडाँडाबाट करिब दुई सय ५० मिटर तल खस्दा चालकसहित तीन जना आघःआआईटे भएका हुन

प्रहरीका अनुसार , उक्त दुर्घटनामा घाइते भएका  इलाम नगरपालिका–६ का ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रीता आपागाईँ र उनका नौ वर्षीय छोरा रितिकलाई नेपाली सेना तथा नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो। उद्धार गरिएका तीनै जनालाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

रातको समयमा दुर्घटना भएको र घटनास्थलको भौगोलिक अवस्था कठिन रहेकाले उद्धारमा चुनौती भएको थियो। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनसमेत प्रयोग गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार