तनहुँ, १४ असोज २०८३।
तनहुँमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिला घाइते भएकी छिन्।
तनहुँको व्यास नगरपालिका–२ स्थित ग्रिन सिटी टोलमा बुधबार साँझ करिब ६ः५५ बजे मोटरसाइकलले पैदल हिँडिरहेकी एक महिलालाई ठक्कर दिएर घाइते बनाएको हो।
घटनाको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ। घाइते महिलाको अवस्था र मोटरसाइकल चालकको पहिचानबारे थप विवरण खुल्न बाँकी छ।