जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ

जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असोज २०८३
  • 456
    Shares

जाजरकोट, १४ असोज २०८३।

जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा उनकै बुहारी पक्राउ परेकी छिन्।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय ससुरा ७५ वर्षीय गंगाराम शाहीको हत्या गरेको आरोपमा उनकै माइली बुहारी शर्मिला शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ७५ वर्षीय शाही गएको साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै मृत अवस्थामा फेला परेका थिए। उनको घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको देखिएपछि प्रहरीले घटनालाई शंकास्पद मानी अनुसन्धान अघि बढाएको थियो।

घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले धारिलो हतियार खुर्पासमेत बरामद गरेको जनाएको छ। त्यसपछि घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा मृतककी माइली बुहारी शर्मिला शाहीको संलग्नता रहेको आशंका बलियो बनेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा शर्मिलालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। हत्या के कारणले भयो र घटनामा अन्य व्यक्तिको समेत संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि मात्रै हत्याको कारण र घटनाक्रमबारे थप तथ्य सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया