जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका थुनुवा पोखराबाटै पक्राउ

जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका थुनुवा पोखराबाटै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ बैशाख २०८३
  • 1.7K
    Shares

पोखराम ८ बैशाख २०८३।

गएको भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक थुनुवा पोखराबाट पक्राउ परेका छन्।

लागू औषध मुद्दामा कास्की कारागारमा पुर्पक्षमा रहेका बेला गएको भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा जेलबाट भागेका पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने बर्ष ३० का तेन्जिङ कुल्सङ गुरुङ सोमबार पोखराबाटै पक्राउ परेका हुन्।

उनलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा ६ डिहिकोपाटनबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

गुरुङलाई आबश्यक कारबाहीका लागि कास्की कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया