सिंहदरबारभित्रै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघका छजना नेता-कार्यकर्ता पक्राउ

सिंहदरबारभित्रै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघका छजना नेता-कार्यकर्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ बैशाख २०८३
  • 1.6K
    Shares

पोखराम ८ बैशाख २०८३।

मुलुककै प्रमुख प्रशासनिक निकायहरु रहेको सिंहदरबार परिसरभित्रै प्रवेश गरेर प्रधानमन्त्री बालेन शाहविरुद्ध नाराबाजी गर्ने नेपाल बिद्यार्थी संघका छजना नेता-कार्यकर्ता पक्राउ परेका छन्।

सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठनका गतिविधि बन्द गर्न लागेको, पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि गरेको तथा विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै आन्दोलित नेविसंघका छ जना नेता – कार्यकर्ता सिंहदरबार परिसरभित्रैबाट पक्राउ परेका हुन्।

बिरोध प्रदर्शन गर्ने क्रमममा नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट,सीटीईभीटी अध्यक्ष कुम्मरोज देउवा तथा विद्यार्थी नेताहरू नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विसाल बिसीलाई पक्राउ गरेको नेविसंघले जनाएको छ ।

उनीहरूलाई सिंहदरबार वृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। 

सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ ।

प्रतिक्रिया