पोखरा , ६ बैशाख २०८३।
बाँकेमा एम्बुलेन्सको ठक्करबाट योगगुरुसहित दुई जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।
कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज बिहान गुलरिया-७ स्थित वन डिभिजन कार्यालय नजिक सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो भने थप दुई जना घाइते भएका छन्।
तीब्र गतिमा रहेको उक्त एम्बुलेन्सले ठक्कर दिंदा आयुर्बेद अस्पतालका योग गुरु ५२ वर्षीय भूमि लामिछाने र उनका पांच वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।
दुर्घटनामा मृतक भूमिकी पत्नि सीता लामिछाने र अर्का स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिहानै योग गर्न आयुर्बेद अस्पताल जाने क्रममा सडक पार गरिरहँदा तीव्र गतिमा आएको एम्बुलेन्सले उनीहरूलाई एकसाथ ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।