भैरहवा मालपोतका नासु दुई लाख रुपियाँ घुस रकमसहित पक्राउ

भैरहवा मालपोतका नासु दुई लाख रुपियाँ घुस रकमसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा, ४ बैशाख २०८३ ।

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले आज मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुईलाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको दुई लाख रुपैयाँ घुससहित उनलाई भैरहवा बजारबाट पक्राउ गरिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया