नवलपुरको अरुणखोलामा बारुद बिष्फोट हुँदा दुई जना घाइते

नवलपुरको अरुणखोलामा बारुद बिष्फोट हुँदा दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० चैत्र २०८२
  • 2.4K
    Shares

पोखरा ३० चैत्र २०८२ ।

नवलपुरको अरुणखोलामा बारुद बिष्फोट हुँदा दुई जना घाइते भएका छन।

जिल्लाको मध्यबिन्दु नगरपालिका–१४ राइकोटे स्थित अरुणखोला किनारमा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा आइतबार अपराह्न करिब ४:४५ बजे अचानक विस्फोट हुँदा दुई जना घाइते भएका हुन्।

उक्त घटनामा घाइते हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ बस्ने ३८ वर्षीय खुमबहादुर सुनारी र सोही स्थानका ३५ वर्षीय रोमन सिंह खरु मगर रहेका छन्। सुनारीको कोखा, दाहिने खुट्टा र बाँया हातमा गम्भीर चोट लागेको छ भने उनी अचेत अवस्थामा रहेका छन्। अर्का घाइते मगरको अवस्था मध्यम रहेको जनाइएको छ। घटनापछि घाइते दुवै जनालाई उपचारका लागि रामपुर अस्पताल, पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। साथै, नदी तथा खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने कार्य गैरकानुनी तथा अत्यन्त जोखिमपूर्ण भएकाले यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ।

प्रतिक्रिया