पोखरा , २७ चैत २०८२।
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा मध्यराती यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौ आउदै गरेको भे १ ख ४३७६ नम्बरको बस गएराति १२ः३० बजे कपिलवस्तुको बनकसवासामा दुर्घटनाग्रस्त हुँदा २६ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा भएका घाइतेमध्ये आठ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये दुई महिला र दुई पुरुषको बुटवलमा तथा तीन पुरुषको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्।
बसमा चालकसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ।