गएराती स्याङजाको फेदीखोलाबाट चोरीको स्कूटर सहित दुई जना पक्राउ

गएराती स्याङजाको फेदीखोलाबाट चोरीको स्कूटर सहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ चैत्र २०८२
  • 3.4K
    Shares

पोखरा , २७ चैत २०८२।

गएराती स्याङजाको फेदीखोलाबाट चोरीको स्कूटर सहित दुई जना पक्राउ परेका छन्।

चोरी गरेर स्याङ्जातिर लैजाँदै गरेको ग. ६ प. ६७७७ नम्बरको स्कुटरसहित गएराती स्याङजाको फेदीखोलाबाट दुई जना पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरुले चलाउदै गरेको उक्त स्कुटर प्रहरी चौकी फेदिखोला स्याङ्जाबाट खटिएको प्रहरी टोलीले गएको राती तीन बजेतिर फेदीखोला गाउपालिका वडा नम्बर २ स्थित फेदीखोला बजारमा चेक जांच गर्ने क्रममा समातेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

उक्त स्कुटरको सवारी धनीलाई नजिकको प्रहरी अथवा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पैसा नलाग्ने १०० वा ९८५६०९०१६२ मा सम्पर्क गर्ने पनि प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया