म्याग्दीमा भारतीय तीर्थयात्री बाेकेकाे बस र ट्रक ठोक्किँदा १५ जना तीर्थयात्री घाइते

म्याग्दीमा भारतीय तीर्थयात्री बाेकेकाे बस र ट्रक ठोक्किँदा १५ जना तीर्थयात्री घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ चैत्र २०८२
  • 2.4K
    Shares

पोखरा , २६ चैत २०८२।

म्याग्दीमा भारतीय तीर्थयात्री बाेकेकाे बस र ट्रक बुधबार एकापसमा ठोक्किँदा १५ जना तीर्थयात्री घाइते भएका छन्।

मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा बुधबार साँझ एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका हुन् ।

उक्त दुर्घटनामा मुस्ताङको मुक्तिनाथ तीर्थयात्रा गरेर फर्कंदै गरेका १५ जना भारतीय तीर्थयात्री घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस भारतको उत्तरप्रदेशका ६२ वर्षीय दीपकराज मित्तल, ६३ वर्षीय शङ्कर लाल केशवानी, ४२ वर्षीया कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीया सिम्रन साहाय, हरियानाका ६७ का प्रेमा शर्मा, उत्तर प्रदेशका ५३ का अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षीय अरविन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा र ४८ वर्षीया बन्धना शर्मा, मध्यप्रदेशका ३७ वर्षीया ऋचा कौशिक र ३९ वर्षीय गौरव कौशिक, गुजरातका ४८ वर्षीय विनित गोयल र ४२ वर्षीय निरु चौधरी घाइते भएका प्रहरीले जनाएको छ । अस्पतालका अनुसार घाइतेहरूमध्ये अधिकांशको अनुहार, हात र खुट्टामा चोट लागेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का लाहाचोकका ३१ वर्षीय बस चालक विकास जिसी घाइते रहेकाे र उपचाररत रहेकाे तथा र पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २८ वर्षीय ट्रक चालक नारायणप्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया