पोखरा , २६ चैत २०८२।
कालिकोटमा ट्याक्टरको ठक्करवाट सात वर्षीया बालिकाको निधन भएको छ।
शान्तिघाट–रास्कोट सडक खण्डमा कालोपत्रे गर्ने क्रममा प्रयोग गरिएको ट्याक्टरले बुधबार दिउसो ठक्कर दिँदा रास्कोट नगरपालिका वडा नं. ६, बड्डालाकी सात वर्षीया ममिता फर्सालको निधन भएको हो।
दुर्घटनापछि उनलाई उपचारका लागि रास्कोट अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।
मृतक ममिता, स्थानीय धर्मराज फर्सालकी छोरी हुन्। स्थानीय दिनेश फर्सालले दुर्घटना हो या घटना छानबिन गर्न गृह प्रशासनलाई अनुरोध गरे ।
घटनापछि स्थानीयवासीहरू आक्रोशित बनेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन्।
घटनालाई आलटाल गर्ने प्रयास गरिए कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनीहरूले निष्पक्ष, पारदर्शी र छिटो न्यायिक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।