पोखरा , २६ चैत २०८२।
ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई तत्काल उपचारका लागि बीएन्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनीहरुको निधन भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीहरूलाई सञ्जीव नेपाली लगायतले चक्कु प्रहार गरेका प्रहरीले दाबी गरेको छ । चक्कु प्रहार भागेका दुई जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।