तनहुँमा एक वर्षीय छोरा काखमा च्यापेको अवस्थामा आमाछोरा मृत भेटिए

तनहुँमा एक वर्षीय छोरा काखमा च्यापेको अवस्थामा आमाछोरा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ चैत्र २०८२
  • 5.1K
    Shares

मृत केटी

पोखरा , २५ चैत २०८२।

तनहुँमा एक वर्षीय छोरासहित आमा मृत अवस्थामा भेटिएकी छिन् ।

जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा मङ्गलबार २५ वर्षीय सरिता परियार र उनका छोरा कुमार परियार घर नजिकै मृत भेटिएका हुन्।

बायाँ हातको काखमा मृत एक वर्षीय छोरा च्यापेको अवस्थामा सरिता घर नजिकको कटुसको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए ।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।

प्रतिक्रिया