पोखरा , २५ चैत २०८२।
ललितपुरको सातदोबाटोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा अवकाशप्राप्त सशस्त्र प्रहरीका एसपीका आमा छोराको मृत्यु भएको छ।
सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको बागमती ए एए९५४२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो १ बजेतिर सडकको छेऊको लेनमा ठक्कर दिंदा अवकाशप्राप्त सशस्त्र प्रहरीका एसपीका आमा छोराको मृत्यु भएको हो ।
सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षका सशस्त्र प्रहरी बलका अवकासप्राप्त एसपी बिदुर गुरुङ र उनकी आमा ८४ वर्षकी धनमाया गुरुङ रहेका ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। दुर्घटनापछि उनीहरुलाई तत्काल अल्का अस्पताल–२ मा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।
ट्रक चालक बाराको जितपुर सिमारा १२ का ३३ वर्षीय बिनोद खा थारु प्रहरीको नियन्त्रणमा छन्।