रूपन्देहीको रोहीणीमा गएराती प्रहरीले गोली चलायो : एक घाइते, दुई भारतीसहित तीन जना लागू औषध कारोबारी पक्राउ

रूपन्देहीको रोहीणीमा गएराती प्रहरीले गोली चलायो : एक घाइते, दुई भारतीसहित तीन जना लागू औषध कारोबारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 3K
    Shares

पोखरा , २४ चैत २०८२।

रूपन्देहीको रोहीणीमा प्रहरीले गोली चलाएर दुई भारतीयसहित तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। सोमबार राति रोहिणी गाउँपालिका-४ काे कोटहवाबाट तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको महाराजगंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रोहिणी-२ खुरूहुरियाका विशाल यादव रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ३३ सय एम्पुल लागुऔषध बरामद गरेको छ ।

कोटहवामा लागुऔषध कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो।

प्रहरीका अनुसार , चेकप्वाइन्ट खडा गरिएको ठाउँमा प्रहरीले युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो। तर नरोकिई उक्त मोटरसाइकल भाग्ने क्रममा अचानक लडेको प्रनाउ चन्दले बताए। प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार गरेको उनले बताए । यस क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन्।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड फायर गरेको डिएसपी चन्दले बताए । ढुंगा प्रहार गरी भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले घुँडामा गोली प्रहार गरेको बताएको छ। गोली लागेर विशाल घाइते भएका छन् ।

घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव छन् । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया