पोखराको लेखनाथमा पार्किङ गरिएको योद्धा गाडीमा आगजनी : एक युवा पक्राउ

पोखराको लेखनाथमा पार्किङ गरिएको योद्धा गाडीमा आगजनी : एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा , २४ चैत २०८२।

पोखरा महानगरको लेखनाथस्थित आदर्शचोकमा पार्किङ गरिएको योद्धा गाडी आगजनी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं. २९ आदर्शचोक स्थित जयाराम बाब विश्वकर्मा सप्लायर्स भित्र पार्किङ गरी राखेको प्रदेश २-०३००१ च ५००० नं. को योद्धा गाडी गएको शनिबार राती एक बजेको समयमा आगजनी गरेर भागेका युवा पोखरा २७ रिट्ठेपानीबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त आरोपमा  पोखरा २९ पटनेरी बस्ने वर्ष २२ को बिसान सुनारलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त सुनारबिरुद्ध  कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

मिति २०८२।१२।२० गते राति अं.०१:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २९ आदर्शचोक स्थित जयाराम बाब विश्वकर्मा सप्लायर्स भित्र पार्किङ गरी राखेको प्रदेश २-०३००१ च ५००० नं. को योद्धा गाडीमा अपरिचित व्यक्तिले आगजनी गरी फरार भएको भन्ने सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट प्रहरी टोली खटिई गई अनुसन्धान गर्दा घटनामा संलग्न जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २९ पटनेरी बस्ने वर्ष २२ को बिसान सुनारलाई मिति २०८२।१२।२२ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ रिठ्ठेपानी स्थित चन्द्रघाट नजिक जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।      

प्रतिक्रिया