पोखराको तेर्सापट्टिबाट लागूऔषधसहित श्रेष्ठ पक्राउ

पोखराको तेर्सापट्टिबाट लागूऔषधसहित श्रेष्ठ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 2.5K
    Shares

पोखरा , २४ चैत २०८२।

पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित तेर्सापट्टिबाट एक व्यक्ति अबैध लागूऔषधसहित पक्राउ परेका छन्।

पाल्पा जिल्लाको तानसेन घर भै हाल पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरमा बस्दै आएका ४५ वर्षीय संजय श्रेष्ठ आइतबार दिउसो साढे ११ बजेको समयमा पोखराको तेर्सापट्टिबाटअबैध लागूऔषधसहित पक्राउ परेका हुन्।

उनलाई वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट लागू औषध डाईजापाम ३८ एम्पुल, फेनेरागन ३७ एम्पुल र ब्रुफिनुर्फिन ४१ एम्पुल गरी जम्मा एकसय १६ एम्पुल लागू औषध  बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पक्राउ परेका श्रेष्ठबिरुद्ध लागू औषधसम्बन्धि कसूरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया