शंकर ग्रुपका संचालक छोरा पक्राउ परे लगत्तै बाबु छुटे

शंकर ग्रुपका संचालक छोरा पक्राउ परे लगत्तै बाबु छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ चैत्र २०८२
  • 3.6K
    Shares

पोखरा , २२ चैत २०८२।

चर्चित घरानियाँ ग्रुप शंकर ग्रुपका संचालक शुलभ अग्रवाल पक्राउ परेपछि उक्त कम्पनीको अध्यक्ष समेत रहेका उनका बुबा शंकर अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । छोरा शुलभ सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा पक्राउ परेलगत्तै बाबु शंकर अग्रवाल हाजिरी जमानीमा रिहा भएका हुन् ।

विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी आइतबार छाडेको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिए।

छोरा व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अदालतमा pपेस गरेको हो । सुलभलाई बयानको लागी नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् । उनका बुबा शंकर अग्रवाललाई विभागले रिहा गर्ने निर्णय गरिसकेकाे छ ।

प्रतिक्रिया