पोखरामा दुई चिनियाँ पर्यटकलाई कुटपिट गरेर लुटपाट : चार जना युवा पक्राउ

पोखरामा दुई चिनियाँ पर्यटकलाई कुटपिट गरेर लुटपाट : चार जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ चैत्र २०८२
  • 4K
    Shares

पोखरा , २१ चैत २०८२।

पोखरामा चिनियाँ पर्यटकलाई कुटपिट गरेर लुटपाट गरेको आरोपमा चार जना युवा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–१६ जोगीमणी क्षेत्रमा पुगेका दुई जना चिनियाँ पर्यटकलाई बिहीबार दिउसो करिब साढे दुई बजे कुटपिट गरी लुटपाट गरेको आरोपमा चार जना युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नम्बर २३ पामे का २१ वर्षीय रोशन सुनार, धादिङ घर भई हाल पोखरा–५  फिर्के बस्ने १८ वर्षीय आरुस तामाङ, कास्की अन्नपूर्ण –१० घर भई हाल पोखरा–५ पर्स्याङमा बस्दै आएका १८ वर्षीय अनिश परियार र पोखरा–२१ घर भइ पर्स्याङ बस्ने १८ वर्षीय अर्पन सुनार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुलाई आज दिउसो पोखरा –५ पर्स्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुले चिनियाँ पर्यटकलाई कुटपिट गरी लुटपाट गरेको आरोप लगाइएको भए पनि उनीहरुले के कति धनमाल लुटपाट गरे प्रहरीले खुलाएको छैन।

उक्त घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया