पोखरा , २१ चैत २०८२।
लमजुङमा आज भएको जिप दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जीप शनिबार अपराह्न करिब साढे ४ बजे लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ स्थित उस्ताबेसीमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन्।
उकालोको घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेर उक्त जिप दुर्घटनाग्रस्त हुँदा मर्स्याङ्दी–७ का ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने ३ जनाको प्रदेश अस्पताल लमजुङ को रेड जोनमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्री का अनुसार घाइते सबैलाई उपचारका लागि बेंसीसहरस्थित अस्पतालमा ल्याइएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
घाइतेहरूको अवस्था यसप्रकार छ:
१. ४० वर्षीया विमला देवी घले – गम्भीर (चितवन मेडिकल कलेज चितवन रिफर)
२ . ३३ वर्षीया रीता गुरुङ – मध्यम (चितवन मेडिकल कलेज चितवन रिफर)
३ . ७ वर्षीय सफल गुरुङ – गम्भीर (चितवन मेडिकल कलेज चितवन रिफर)
४ . ६२ वर्षीय सन्तबहादुर घर्ती – मध्यम
५ . ३१ वर्षीय प्रकाश गुरुङ – सामान्य
६ . २९ वर्षीय करण अधिकारी (चालक) – मध्यम
७ . ३८ वर्षीय सोमलाल तामाङ – मध्यम
८ . १० वर्षीया प्रिशिका गुरुङ – मध्यम
९ . १४ वर्षीय विमान घले – सामान्य
१० . ९ वर्षीय इन्द्र घले – सामान्य
११ . ४८ वर्षीय रुद्रमान घले – मध्यम
१२ . ११ वर्षीय रितेश गुरुङ – सामान्य
हाल सबै घाइतेहरूको उपचार प्रदेश अस्पताल लमजुङमा भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।