इटहरीमा दुई मोटरसाइकल एकापसमा ठोक्किए : जनाको मृत्यु, दुईजना घाइते  

इटहरीमा दुई मोटरसाइकल एकापसमा ठोक्किए : जनाको मृत्यु, दुईजना घाइते  


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा , २१ चैत २०८२।

सुनसरीको इटहरीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको मोटरसाइकल इटहरी उपमहानगरपालिका–२० तरहरामा शुक्रबार साँझ एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका हुन्। 

उक्त दुर्घटनामा गम्भीर घाइते भएका इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेलको उपचारका क्रममा उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।  

प्रहरीका अनुसार , सोहि दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई गम्भीर घाइते भएका छन् ।  राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

मृतक र घाइते कुन-कुन मोटरसाइकलमा सवार थिए, प्रहरीले खुलाएको छैन। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सांकेतिक चित्र

प्रतिक्रिया