नक्कली फेसबुक आईडी बनाएर युवतीको अश्लिल भिडियो बनाई उनको आफन्तलाई पठाएको आरोपमा स्याङ्जाबाट एक जना युवा पक्राउ परेका छन्।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय सुजन खाँड ठकुरी नक्कली फेसबुक आईडी बनाएर युवतीको अश्लिल भिडियो बनाई उनको आफन्तलाई पठाएको आरोपमा गएको बिहिबार पुतलीबजार १ शहिदचोकबाट पक्राउ परेका हुन्। अभियुक्त खाँडले ती युवतीलाई गालीगलौज तथा धाकधम्की समेत दिएको प्रहरीको जिकिर छ।
अभियुक्त खाँडबिरुद्ध स्याङ्जा जिल्ला अदालतबाट विद्युतीय अपराध सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिएका छन्।