पोखरा , १९ चैत २०८२।
सशस्त्र प्रहरीले पोखराको पट्नेरीस्थित सेती नदीबाट आज एउटा शब निकालेको छ।
सशस्त्र प्रहरीको पोखरा ५ मालेपाटनस्थित नं २४ कालिका गणबाट खटिएको गोताखोरसहितको टोलीले आज पोखरा २९ पटनेरीस्थित सेतीनदिको ढुङ्गाको खोचमा अडकिएको अबस्थामा एउटा शब निकालेको हो।
उक्त शब कसको हो खुलेको छैन। शब पोस्टमार्टमका लागि साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

