अबैध तरीकाले पोखरातिर ल्याइदै गरेको कटपिस ढुंगासहित दुई वटा जिप प्रहरी नियन्त्रणमा

अबैध तरीकाले पोखरातिर ल्याइदै गरेको कटपिस ढुंगासहित दुई वटा जिप प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ चैत्र २०८२
  • 4.2K
    Shares

पोखरा , १९ चैत २०८२।

कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट अबैध तरीकाले कटपिस ढुङ्गा लिएर पोखरातिर आउंदै गरेका दुई वटा जिपलाई प्रहरीके नियन्त्रणमा लिएर कारबाहीका लागि पोखरा महान्गरपालिकालाई बुझाएको छ।

अवैध रुपमा कटपिस ढुङ्गा चोरी निकासी गरिरहेका दुई वटा बोलेरो जिपलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिकाको वडा नम्बर १९ चितेपानीस्थित सडक खण्डबाट नियन्त्रणमा लिएर कारबाहीका लागि पोखरा महानगरपालिका कार्यालयलाई बुझाएको हो।

महानगरपालिकालाई कारबाहीका लागि ग ३ च ४१६३ र ग २ च २५९ नम्बरका दुई वटा बोलेरो जिपलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रहरीले नियन्त्रणमा लिएका ती दुवै जिपमा लोड गरिएका कटपिस ढुङ्गाको स्रोत वा ढुवानीका लागि आवश्यक पर्ने कुनै पनि आधिकारिक कागजात चालक वा सवारी धनीसँग नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया