नवलपुरको हुप्सेकोटमा बोलेरो जिप दुर्घटना : १७ जना घाइते (सुचीसहित)

नवलपुरको हुप्सेकोटमा बोलेरो जिप दुर्घटना : १७ जना घाइते (सुचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा , १९ चैत २०८२।

नवलपुर । नवलपुरमा बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा १७ जना घाइते भएका छन्।

अरुणखोलाबाट मौलाथरतर्फ जाँदै गरेको लु ३ च १३२८ नम्बरको बोलेरो जिप बुधबार साँझ करिब ७ः४५ बजे हुप्सेकोट गाउँपालिका–६ केवरेढापस्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त हुँदा १७ जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा घाइते हुनेहरूमा मध्यबिन्दु नगरपालिका–१२ का ४२ वर्षीय भिमबहादुर सोती, हुप्सेकोट गाउँपालिका–६ का ३० वर्षीय श्यामबहादुर सारु, ९ वर्षीया चिजा सोती, ३२ वर्षीया धनसरी सोती मगर, उनकी ४ वर्षीया छोरी तिर्सना सोती मगर, ३२ वर्षीया पवित्रा सारु, उनकी ९ वर्षीया छोरी भावना सारु, २३ वर्षीया जुमी सरा परियार, २० वर्षीया तिलकुमारी वाकबल, ३५ वर्षीया सर्मिला सोमई, पाल्पा निस्दी गाउँपालिका–३ की २६ वर्षीया पवित्रा दर्लामी, उनकी २ महिनाकी छोरी एन्सी दर्लामी, मध्यबिन्दु–१२ की ३८ वर्षीया तारा कुमारी बंशी ठकुरी, ४९ वर्षीय शिवबहादुर बंशी ठकुरी, हुप्सेकोट–६ की २२ वर्षीया भानिसरा आले, उनकी २ वर्षीया छोरी रिया आले र ४ वर्षीय छोरा बिवेक आले रहेका छन्।

घाइतेमध्ये केहीको टाउको, छाती, खुट्टा तथा घाँटीमा चोट लागेको छ भने अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ। सबै घाइतेलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया