बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु

बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ चैत्र २०८२
  • 3.8K
    Shares

पोखरा , १९ चैत २०८२।

बारामा दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

बाराको निजगढ नगरपालिका–९ स्थित पश्चिम लच्कामा बुधबार दिउँसो सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा दुई युवकको मृत्यु भएको हो।

उक्त दुर्घटनमा परेर सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा परेको ९८२४ नम्बरको मोटरसाइकल ढुङ्गानाले र ३६६१ नम्बरको मोटरसाइकल श्रेष्ठले चलाइरहेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। सांकेतिक चित्र

प्रतिक्रिया